नेपालमा कोरोना संक्रमित फेरि बढ्न थाले

पोखरा, असार १७ ।
लकडाउन खुकुलो पारेसँगै नेपालमा पुनः कोरोना संक्रमित बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तुलनात्मक रुपमा दैनिक संक्रमितको संख्या दिनदिनै बढ्दै गएको हो ।

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९८५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार १३० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १८ सय ५७ जना र ३ हजार ८५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ५०९ पुगेको छ ।