नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

पोखरा, बैशाख ५ ।
नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकैदिन १४ जनाको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेजमार्फत संक्रमितको संख्या ३० पुगेको पुष्टी गरेको हो ।

शुक्रबार उदयपुर जिल्लाका १२ वटा र चितवनमा २ वटा कोरोना पोेजिटिभ केस देखिएको मन्त्रालयले जनाएको छ । ति सबैजना पुरुष छन् ।

संक्रमितमध्ये हालसम्म १ जना निको भएर घर फर्किएका छन् भने अरु सबैजना अस्पतालमा उपचाररत छन् ।