नेपालमा आज सबैभन्दा धेरै संक्रमित, साढे ४ हजारमा संक्रमण पुष्टी

पोखरा, असोज २२ ।
नेपालमा विहिबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थप भएका छन् । देशभर एकैदिन ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टी भएको हो ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरी १८ हजार ४७३ जनाको पिसिआर टेष्ट गरेकोमा नयाँ ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको बताए ।

यो सँगै सङ्क्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । गौतमले गत २४ घण्टामा कोरोना भाइरस निको भएर २ हजार ६७५ जना डिस्चार्ज भएको र डिस्चार्ज हुनेको कुल संख्या ७१ हजार ३४३ पुगेको समेत जानकारी दिए ।