नेपालको शैक्षिक गुणस्तर बढाउन निजि विद्यालयको योगदान अुतलनिय छ : प्रदेश प्रमुख शेरचन

 

पोखरा, मंसीर २४ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजनामा तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको मंगलबारदेखि शुरु भएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका आयोजना गरिएको प्रदर्शनी मंसीर २७ गते सम्म प्रदर्शनीकेन्द्र नयाँवजारमा चल्ने छ ।

प्रदर्शनीमा नेशनल प्याव्सानमा आवद्ध ४६ वटै विद्यालयका विद्यार्थीहरुले विषयगत विधाका सृजनाहरु तयारपारी प्रदर्शन गरेका छन् ।

शैक्षिक प्रदर्शनीमा पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधी, सामाजिक अध्ययन, भाषा अङ्ग्रेजी र नेपालीका विषयगत विधाहरू रहेका छन् । प्रदर्शनीमा प्रथम द्धितीय तृतीय र सान्त्वना हुनेले ट्रफी प्राप्त गर्नेछन् ।

त्यसैगरी मंसीर २७ गते लोकनृत्य प्रतियोगिता गरिने छ । लोकनृत्य ७ देखि १२ जनाको समूहमा प्रस्तुती राख्नेछन् । लोक भाषा संस्कृति झल्कने गितामा समूहमा प्रस्तुत गरिने प्रतियोगितामा पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

प्रदर्शनीमा करिव १ लाख वढिले अवलोकन गर्ने अनुमान गरिएको छ । शिक्षण सिकाइमा नयाँ प्रविधिसग प्रत्यक्ष साक्षात्कार गराई बालबालिकामा अन्तर्निहित सिर्जनशीलता जागृत गराउदै भविष्यमा राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादनतर्फ अग्रसर गराउन एन प्याव्सान कास्कीले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक प्रदर्शनी तथा लोक नृत्य प्रतियोगिता गर्दै आएको छ ।

प्रदर्शनीको मंगलबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका छन् । प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले नेपालको शैक्षिक गुणस्तर बढाउनका लागि निजि विद्यालयको योगदान अुतलनिय रहेको बताएका छन् । ‘सरकार र निजि विद्यालयहरुवीच केहि समस्या छन्’ शेरचनले भने, ‘समस्याहरु समाधान गर्नका लागि हातेमाले गरेर अगाडि बढ्नु पर्दछ ।’ निजि विद्यालयका समस्यालाई संवोधन गर्नका लागि संवन्धित निकायमा पु¥याउने उनले विश्वास दिलाए । उनले निजि विद्यालयका समस्यालाई सरकारले संवोधन गर्नुपर्ने उल्लेख गरे ।

अहिलेको युग विज्ञानको युग भएकोले विद्यार्थीले सृजना गरेका समानहरुले यहाँका विद्यार्थीले पनि नयाँ नयाँ आविश्कार गर्न सक्छन् भन्ने प्रमाणित प्रदर्शनीले गरेको उनको भनाई थियो ।

नेशनल प्याव्सानका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीहरु वर्तमानका साझेदार भविश्यका कर्णधार भन्ने गरेकोमा एन प्याव्सान कास्कीले वर्तमानको साझोदार बनाउने काम गरेको बताए ।

शिक्षा विकास तथा समन्वय इकाई पोखराका प्रमुख नारायण सुवेदीले शैक्षिक क्षेत्रमा भएका कमी कमजोरीलाई पैरवी र वहस गर्ने बताए । कार्यक्रममा एन प्याव्सान कास्कीले पोखरा सार्वजनिक पुस्तकालयलाई पुस्तक सहयोग गरेको थियो ।

कार्यक्रममा नेशनल प्याव्सान गण्डकी प्रदेश प्रमुख यामबहादुर खड्का, हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्मा, युनिप्स नेपालका केन्द्रीय अध्यक्ष सन्तबहादुर गुरुङ, पुस्तक व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष ऋषीराम भण्डारी, प्याव्सीयूका केन्द्रीय उपाध्यक्ष शिवलाल उपाध्यायले बोलेका थिए ।

एन प्याव्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।