नेपालको नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त, ६ वजे सपथ

पोखरा, असार २९ ।
नेपालको नयाँ प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति समेत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । देउवाको शपथ साँझ ६ बजे हुने छ ।