नेपालकै सबैभन्दा बढी उमेरकी महिलाको निधन

पोखरा, असोज १२ ।
पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडाकी धनकुमारी गुरुङको १ सय १५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उनी नेपालकै सबैभन्दा जेष्ठ नागरिक भएको स्थानीयको दावी छ ।

नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आएका थिए । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिने पारिवारिक स्रोतले बताएको छ ।