नेतृत्वमा यूवाको सवालबारे अन्तरक्रिया

पोखरा, माघ ४ ।
भर्सटाइल युथ सोसाईटी पोखराले नेतृत्वमा युवाको सवालबारे अन्तरक्रिया गरेको छ । युवाको उपस्थिती नेतृत्व तहमा कमजोर हुँदै गएको भन्दै भर्सटाइलले हरेक क्षेत्रमा यूवाको निर्णायक सहभागिता हुनुनपर्नेमा जोड दिएको हो । बुधबार भएको कार्यक्रममा पर्वत क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य पदम गिरीले राजनीतिमा यूवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले युवाहरुको उपस्थितीले मात्रै देशको समृद्धी सम्भव हुने बताए । ‘राजनीतिलाई फोहोरी खेलको रुपमा संसारले स्विकारेको छ । नेपालमा पनि धेरै क्षेत्र यस्तै छ, उनी भन्छन्–अव युवाको उपस्थितीले सबै बिकृती र विसंगती अन्त्य गर्नुपर्छ । यूवा साथीहरुलाई मेरो आग्रह छ ।’ उनले विकास निर्माणमा यूवा परिचालन गर्न नीतिगत तहमै ब्यवस्था हुनुपर्नेमा जोड दिए ।
पोखरा विश्वविद्यालयका ईञ्जिनियरिङ डिन बुद्धीराज जोशीले शैक्षिक क्षेत्रको नेतृत्व युवापुस्तामा हस्तान्तरण नभएको भन्दै परिवर्तनको सवालमा यूवा एकजुट हुनुपर्ने बताए । युवा परिषद कास्कीका अध्यक्ष आशिर्वाद सुवेदीले सरकारी तहबाटै यूवाको भूमिका स्पष्ट हुनुपर्ने धारणा राखे । संस्थाका संस्थापक सुन्दर गिरीको सहजीकरणमा भएको कार्यक्रममा सह संयोजक सुरेन्द्र पौडेलले स्वागत गरेका थिए ।