नेकपा (एमाले) आयोगमा दर्ता

पोखरा, भदौ ३ ।
नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता भएको छ । गत असारमा दल दर्ताका लागि निवेदन दिईएको थियो । यसैका कारण नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्र चर्काचर्की समेत भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल दर्ता अर्का अध्यक्ष केपी शर्मा ओलीको डिजाइनमा भएको आरोप लगाएका थिए ।

आयोगमा बुझाईएको कागजपत्रका आधारमा दल दर्ताको निर्णय आयोगले गरेको हो । दलको अध्यक्ष विराटनगरकी सन्ध्या तिवारी छिन् ।