नेकपामा तल्लो तहको एकता दसैंलगत्तै

काठमाण्डौं, असोज ३१ ।
आन्तरिक विवादका कारण झन्डै चार महिनादेखि अल्झिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकीकरण दसैंलगत्तै सुरु हुने भएको छ ।

जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि नेकपाको एकीकरण लम्बिएको हो ।

नेकपाले एकीकरणका अल्झिएका काम सक्नेबारे छलफल गर्न कात्तिक ४ र ५ गते सचिवालय बैठक डाकेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।