नेकपाः सरकार र कास्कीको उपनिर्वाचन

अञ्जु क्षेत्री
पोखरा, मंसिर ४ ।
नेकपा नेतृत्वको सरकार आफ्नो कार्यकालको करिब मध्यान्तरमा छ । बढीमा ९ महिनामा सरकार बदलिइरहने नियतिबाट मुक्त भई अहिले देशमा स्थिर सरकार छ । अनेक आरोह, अवरोहपूर्ण संघर्ष, बलिदान र त्याग गरी आफूले खोजेको स्थिरता, शान्ति, समृद्धिको जग राख्ने ऐतिहासिक अवसर जनताले नेकपालाई दिएका छन् । यो सुनौलो अवसर नेकपाका लागि फगत अवसर होइन, चुनौती पनि हो । मौका पाउँदा काम गर्न नसक्नेहरु र आपसी खिचातानीमै मस्त हुनेहरुलाई नेपाली जनताले दण्ड दिएर सजग गराएको इतिहास छ । इतिहासबाट पाठ सिकेर वर्तमानमा चल्नुपर्छ । वर्तमानमा विवेकपूर्ण निर्णय र काम गर्न सकियो भने भविष्य उज्ज्वल नहुने कुरै हुँदैन ।

मंसिरको माचोमा अहिले देशका केही भागमा चुनावी सरगर्मी पनि छ । विविध कारण रिक्त स्थानीय, प्रदेश र संघका लागि मंसिर १४ गते चुनाव हुँदै छ । यो उपचुनावमा दलहरु र स्वतन्त्र उम्मेदवारसमेत मत माग्न घरदैलोमा छन् । प्रदेश २ का केही स्थानमा बाहेक देशैभर सत्तारुढ नेकपा र प्रमुख विपक्षी नेपाली कांग्रेसबीच नै मुख्य प्रतिश्पर्धा देखिन्छ । विभिन्न काल खण्डमा नेपाली जनताले विवेकपूर्ण र दूरदर्शी भएर चुनावमा मत दिँदै आएका छन् । २०१५ सालमा दुई तिहाइ मत पाएको नेपाली कांग्रेसलाई अहिले कमजोर प्रतिपक्षीमै जनताले चित्त बुझाउन बाध्य बनाइदिएका छन् । त्यस बेला ४ सिट जितेको कम्युनिस्ट पार्टी भने अहिले करिब दुई तिहाइ सिटसहित सरकारको नेतृत्व गरिरहेको छ ।

अधिकांश स्थानीय तह, प्रदेश २ बाहेक अरु प्रदेश सरकार र संघमा समेत नेकपाको नेतृत्व छ । समतामूलक समाज निर्माण, समाजवादसम्मको यात्रा र देशको समृद्धिको रोडम्यापसहित आएको नेकपा नै देशको मुख्य शक्ति हो । यसबाट मात्रै देशको आमूल परिवर्तन सम्भव छ । यसलाई नेपाली जनताले बुझेका छन् । यसअघि अवसर पाएका बेला कम्युनिस्ट सरकारले गरेका काम, अहिले भइरहेका विकास, निर्माण र समाजवादसम्मको मार्ग्चित्रका कारण नेकपा जनताको लोकप्रिय दल बनेको हो । यसलाई जनताले उपचुनावमा पनि सबैजसो स्थानमा जिताएर लोकप्रियता फेरि पुष्टि गर्ने नै छन् ।

सोमबार सिद्धार्थ राजमार्गको शिद्धबाबामा सुरुङ मार्ग बनाउने पक्का भयो । १० अर्ब १५ करोडमा सुरुङ मार्ग बनाएर सधै दुःख दिइरहने शिद्धबाबाको पहिरोबाट मुक्ति दिने उपाय सरकारले खोजेको छ । अघिल्लो निर्वाचनमा गरेका प्रतिवद्धता अनुरुप सरकारले रेल किन्ने तयारी गरेको छ । नारायणीमा पानीजहाज यही वर्ष्भित्र चलाउने तयारी छ । सामाजिक सुरक्षा कोष आरम्भ गरी कामदारको जीवन सुरक्षाको प्रत्याभूति आरम्भ गरेको छ । मोतिहारी अमलेखगञ्ज पाइपलाइन निर्माण गरी डिजल आयात सुरु भइसकेको छ भने चाडै पेट्रोल पनि पाइपबाटै ल्याउने तयारी छ । लुम्बिनीको अन्तर्रा्ष्ट्रिय विमानस्थल करिब तयार भएको छ भने पोखराको विमानस्थल पनि चाडै उडान गर्ने गरी बन्दै छ ।

१८ घन्टासम्म लोडसेडिङ भोगेको देशमा अहिले बिजुलीको खास समस्या छैन । चाडै खाना पकाउन र सवारी चलाउन पनि विद्युतीय ऊर्जा प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने अवस्थामा नेपाल विद्युत प्राधिकरण आइपुगेको छ । यसले देखाउँछ, अहिलेको सरकारले जनताका आकांक्षा अनुरुप देशको समृद्धिका लागि काम गरिरहेको छ । विकासको जग जसले राख्छ, घर बनाउन पनि उसैले जानेको हुन्छ । यो उपचुनावमा मात्र होइन, अर्काे आमनिर्वाचनमा पनि नेकपालाई जनताले सानदार रुपमा जिताउने छन् ।

देशभर संघीय चुनाव हुने एकमात्र क्षेत्र हो कास्की २ । त्यसैले देशभरका मिडिया, नेता, राजनीतिज्ञ र समग्र नेपालीकै बढी ध्यान यहाँ केन्द्रीत छ । गत फागुनमा देशले नै ठूलो अपेक्षा गरेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भयो । यहाँ अहिले नेकपाले विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाएको छ । विद्या रवीन्द्रकी जीवनसाथी त हुन् नै, उनको परीचय त्यतिमात्रै होइन । अनेरास्ववियुको केन्द्रीय सचिवसमेत भइसकेकी र प्राध्यापनरत उनी सक्षम भएकैले नेकपाले उम्मेदवार बनाएको हो । श्रीमान् श्रीमती दुवै राजनीतिमा मात्र लाग्दा परिवार चलाउन कठिन हुन्छ भनी परिवार सञ्चालनमा लागेकी विद्या रवीन्द्र विद्यार्थी आन्दोलनको अगुवा हुँदा उनकै समकक्षी थिइन् ।

कास्की २ मा नेकपालाई आँसुको राजनीति गरेको आरोप विपक्षीले लगाउने गरेका छन् । विपक्षीसहित धेरै नेपालीलाई थाहै छ, विद्या राजनीतिक व्यक्तित्व हो, प्राज्ञिक व्यक्तित्व हो । केही कांग्रेसका युवाले विद्याले परम्परागत तवरले रवीन्द्रको काजकिरिया नगरेको भन्दै विद्यालाई हराउन आह्वान गरेको पनि देखियो । ती युवाको पूर्वाग्रही र राजनीतिक आक्षेपमात्र हो यो । उनीहरुले कि भन्न सक्नुप¥यो, ‘श्रीमान्को मृत्युपछि विधवाको आधा जीवन सकियो, ऊ आँसुमै डुबेर बस्नुपर्छ । उसलाई बाच्ने हक छैन ।’ होइन भने यस्ता तर्कले नेपालीलाई भ्रममा राख्न कमसेकम अबको युगमा सम्भव छैन । ती युवालाई सामाजिक सञ्जालका सस्ता बहसबाट बाहिर निस्केर आज भन्दा करिब आधा शताब्दीअघि बिपी कोइरालाले परम्परागत ढंगले काजकिरिया नगरेको, गिरिजाबाबुले बच्चासमेत रहेकी विधवासँग विवाह गरेको तथ्य पढ्न आग्रह गर्दछु । यो युगका सभ्य मानिसले यस्ता कुतर्क गर्दा लोक हाँस्छ ।

सामाजिक परिवर्तन गफ गरेर हुने कुरा होइन, व्यवहारमा त्यो पनि आफैंले लागू गर्नु जरुरी हुन्छ । कम्युनिस्ट नेता रवीन्द्रले जीवनमा जे सिके, परिवारलाई त्यही गर्न भने । विद्यासहित उनको परिवारले त्यही ग¥यो । भलै नेकपा सबै धर्म, संस्कृति, संस्कारको सम्मान गर्दछ । यो उसले आफ्नो घोषणापत्रमा समेत उल्लेख गरेको छ ।
कास्कीमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वा्चित हुने पहिलो महिला सांसदको इतिहास दुर्गा विकले बनाइएकी छन् । अहिले दोस्रो अवसर आएको छ । विभिन्न आन्दोलनसहित संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा शताब्दीअघिसम्म सतीप्रथा रहेको देशका महिला करिब पुरुषकै बराबर हैसियतमा आइपुगेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर संविधान बनेपछि देशले राष्ट्र प्रमुख पनि महिला पाएको छ । राज्यका सबै निकायमा महिलाको समुचित प्रतिनिधित्वका लागि ।
क्षेत्री नेकपाबाट पोखरा ५ को वडा सदस्यमा निर्वाचित भएकी हुन् ।