निशुल्क मधुमेह परिक्षणमा २ सय ५० जनाले गराए स्वास्थ्य परिक्षण

 

पोखरा, फागुन २९ ।

पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि गैहपाटनमा बिहीवार निशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण, लायन्स क्लब अफ पोखरा लालीगुराँस, लायन्स क्लब अफ पोखरा नर्थ, लायन्स क्लब अफ हेमजा, लायन्स क्लब अफ पोखरा सराङकोट, लायन्स क्लब अफ लेखनाथ सेभेन लेकसिटीको संयुक्त आयोजनामा निशुल्क मधुमेह परीक्षण शिविर भएको हो ।

फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि र दि युनिभर्सिटी अफ न्यू क्यासल, अष्ट्रेलियाको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएको लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सोनाम स्याङ्पोले जानकारी दिए ।

शिविरमा सुगर, मृगौला र एचविवान परिक्षण गरिएको कार्यक्रम संयोजक मोतिराज तिमिल्सिनाले जानकारी दिए ।

लायन्यस क्लब ३२५ वि वानका पूर्व डिष्ट्रिक गर्भनर ध्रुव थापाले यस्ता खालका शिविर ग्रामिण भेगमा लैजान सकेमा अझै यसको प्रभाव वढ्ने बताए ।

शिविरमा फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि र दि युनिभर्सिटी अफ न्यू क्यासल, अष्ट्रेलियाका स्वस्थ्यकर्मीले सहजिकरण गरेका थिए ।