निर्वाचित भएको १० मिनेटमै वडा सदस्यको मृत्यु

सप्तरी, असोज ५ ।
सप्तरीको स्थानीय तहमा निवाचित भएपछि खुशीयाली साटासाट गर्ने क्रममा हृदयघातका कारण एक महिला वडा सदस्यको निधन भएको छ ।
सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा नं. २ को दलित महिला वडा सदस्यमा निवाचित भए लगत्तै जितको खुशीयाली साटासाट गर्ने क्रममा देवी खत्बेको निधन भएको हो ।
राजपा नेपालबाट उम्मेदवारी दिएर २ सय २५ मतसहित दलित महिला वडा सदस्यमा निर्वा्चित भएको १० मिनेटमा नै हृदयघातका कारण उनको निधन भएको हो । बिहीबार बेलुकी २ नम्बर वडाको मतपरिणाम सार्वजनिक भएलगत्तै खुशी साटिरहेका उनका मतदाता र कार्यकर्ता भने शोकमा परेका छन् ।