निर्माण व्यवसायी संघमा नेकपाको प्यानल घोषणा

पोखरा, भदौ १७ ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ जिल्ला अधिवेशनमा वाम गठवन्धनको प्यानल घोषणा भएको छ । भदौ २२ र २३ गते हुने संघको अधिवेशनको लागि वाम गठवन्धन प्यानलवाट आनन्द वराल अध्यक्ष पदको उम्मेदवार वन्ने भएका छन् । संघको आगामी नेतृत्वको लागि यस अघिनै सुरेश श्रेष्ठको अध्यक्षतामा लोकतान्त्रिक प्यानल घोषणा भईसकेको छ ।

वाम गठवन्धनवाट वरिष्ठ उपाध्यक्षमा रामराज अधिकारी, उपाध्यक्षमा हरीप्रसाद लम्साल, सचिव सुवर्ण श्रेष्ठ, कोषाध्यक्ष रविचन्द्र खनाल, सहसचिव विनोद भण्डारी र सहकोषाध्यक्ष कृष्णप्रसाद ढकाल(केडी) छन् । सदस्यहरुमा उत्तम सिग्देल, संजय कुँवर,लक्ष्मण पाण्डे,विरेन्द्र श्रेष्ठ, सन्दीप गिरी र संजोग पराजुली छन् ।

घोषणा सभामा नेपाल निर्माण व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष तथा नेकपाका नेता ओमप्रसाद गौचनले व्यवसायिक हकअधिकार र पेशागत दक्षता अभिवृद्धिको लागि वाम गठवन्धनको प्यानलका उम्मेदवारहरुले जित्नुको विकल्प नभएकोमा जोड दिए ।