निजगढ विमानस्थलको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

 

काठमाडौं, मंसिर २० ।

सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो । मोक्तानको इजलाशले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकी, रञ्जुहजुर पाँडे र भरत बस्नेतले हालेको रिटको सुनुवाइ गर्दै अदालते उक्त आदेश दिएको हो ।

यो आदेशसँगै विमानस्थलका लागि भन्दै रुख काट्ने काम पनि तत्काललाई रोकिने छ ।
(ईमेजखबरबाट साभार)