निःशुल्क स्वास्थ्य शिविरमा ६ सय जनाको स्वास्थ्य परिक्षण

पोखरा, जेठ २६ ।

मार्फा थकाली युवा सञ्जाल र मार्फा थकाली महिला समितिले शनिबार पोखरामा आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षणमा ६ सय जना लाभान्वित भएका छन् । पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को प्राविधिक सहयोगमा मार्फा थकाली समाज चापापानीमा भएको शिविरमा ६ सय जनाले स्वास्थ्य परिक्षण गरेका हुन् ।

शिविरमा पेट, छाती तथा मुटुरोग एंव मधुमेश, थाइराईड रोग, नाक कान तथा घाँटी रोग, बालरोग, हाडजोर्नी तथा नशा रोग, भिडियो एक्सरे ( रेडियोलोजी र स्त्री तथा प्रसुती रोग सम्बन्धि स्वास्थ्य स्वास्थ्य परिक्षण गरिएको मार्फा थकाली युवा सञ्जालका सचिव सिशिल ज्वारचनले जानकारी दिए । शिविरमा प्रा. डा.गोपीप्रसाद हिराचन, डा. विण्ष्णु ज्वारचन, डा. सञ्जय कोइराला, डा. रामजी बराल, डा नविन त्रिपाठी र डा. सुविता लालचनले उपचार गरेरका थिए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपलिका वडा नं. १२ का वडाध्यक्ष रामबहादुर कार्कीले समितिले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा समितिसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

कार्यक्रममा प्रा. डा.गोपीप्रसाद हिराचन, समितिका अध्यक्ष दिर्घसिंह लालचन, पूर्व अध्यक्ष ईश्वर लालचन, नरेन्द्र लालचन, लक्ष्मण लालचन, सल्लाहकार विरेन्द्र हिराचन, महिला वडा समन्वय समितिका अध्यक्ष सिता वास्तोला, सितलदेवी युवा क्लबका सन्तोष गुरुङ लगायतले बोलेका थिए । मार्फा थकाली महिला समितिका अध्यक्ष शान्ति हिराचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत देवकुमारी हिराचनले र सञ्चालन मार्फा थकाली युवा सञ्जालका सचिव सुशिल ज्वारचनले गरेका थिए ।