‘नावालकलाई हेपेर धमाधम सडक निर्माण’

पोखरा, जेठ ११ ।
सानैमा बाबुआमा गुमाएर टुहुरो बनेका छोराछोरीलाई ‘धम्क्याउ“दै’ सडक निर्माण समितिले उनीहरुको जग्गालाई बढी असर पुग्ने गरी सडक निर्माण गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २१ को कृस्ति–भालडा“डा–मट्टीखान सडक निर्माणका क्रममा निर्माण समितिले एउटै व्यक्तिको जग्गा बढी नोक्सान हुने गरी सडक खनेको र जग्गाको बीचमै पर्ने गरी ह्युमपाईप राखेको हो ।

निर्माण समितिका सदस्यहरुले आफ्नो जग्गा जोगाउने नियतसाथ यस्तो गरेको पीडित स्थानीय १८ वर्षीय विनायक सिग्देलले बताए । ‘सानै छ“दा आमाबाबु गुमायौं । दुई दिदी र म काका र मामाको रेखदेखमा छौ’, उनले भने, ‘हामीलाई कमजोर ठानेर जग्गामा जथाभावी सडक खनिएको हो ।’

आफुहरु अन्यायमा परेको भनेर गुनासो गर्दा निर्माण समितिका अध्यक्ष पूर्णबहादुर थापा र वडाध्यक्ष खगराज आचार्यको निर्देशनमा लछारपछार र धाकधम्की समेत दिइएको उनको आरोप छ । जग्गाको बीचमा ह्युमपाइप बिच्छाउने, एकातिर लगतकट्टा गरी आफ्नै जग्गाबाट सडक खन्ने, विद्युतिय पोल पनि मेरै जग्गामा ल्याएर गाडेको उनको गुनासो छ । यसैबीच सिग्देलले शान्ति सुरक्षा कायम गरी पाउ भन्दै बुधवार स्थानीय प्रशासनमा निवेदन दिएका छन् । सिग्देलका मामा अजय पराजुलीले कुराकानी गरी सडक खन्नुपर्ने भन्दाभन्दै आफुलाई पनि लछारपछार गरी जबरजस्ती डोजर चलाइएको बताए ।

निर्माण समितिका अध्यक्ष पूर्णबहादुर थापाले चाहीँ मापदण्डभित्रैको जग्गामा पाईप राखिएको बताए । ‘सडकको मापदण्ड ८ मिटर हो । हिमपाईप राखिएको ठाउँमा झनै साढे ७ मिटर मात्रै छ । कसरी एउटाको जग्गा पेल्न मिल्छ ? उनले भने–यो सबै आरोप हो । विकासको विरोध गरेर जग्गाधनीले नै अन्याय गरेका छन् ।’

डोजरले बाटो खन्ने ठाउँमा जग्गाधनीको मामा सुतेपछि स्थानीयले त्यहाँबाट हटाएको तर लछारपछार नगरिएको उनको भनाई । ‘खनिरहेको ठाउँमा सुत्दिनुभयो । स्थानीय युवाहरुले हटाउनुभएको हो । लछारपछार गरिएको होईन, उनले थपे–मापदण्ड भित्रैको जग्गामा काम गर्दा पनि अवरोध गर्नु कत्तिको जायज छ ?’