नाट्टा गण्डकीमा सिग्देल निर्वाचित

पोखरा, फागुन ४ ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस गण्डकी प्रदेशको अध्यक्षमा सञ्जयकान्त सिग्देल निर्वाचित भएका छन् । प्रतिश्पर्धी झवि अधिकारीलाई २० मतले पराजीत गरी सिग्देल बिजयी भएका हुन् । सिग्देलले ९० मत पाउँदा अधिकारीले ७० मत मात्रै पाए ।

सिग्देल स्वतन्त्र समूह बनाएर चुनावी मैदानमा थिए भने अधिकारीको ब्यवसायी प्यानल थियो । अन्य पदाधिकारी र सदस्यहरुमा पनि अधिकांश पद सिग्देल समुहले बाजी मारेको छ । प्रथम उपाध्यक्षमा हरिराम अधिकारी बिजयी भएका छन् । उनले ९८ मत पाउँदा उनका प्रतिश्पर्धी सुवास भण्डारीले ५१ मत मात्रै पाए । द्धितिय उपाध्यक्षमा किशोर दाहाल निर्वाचित भएका छन् । उनको १ सय मत छ भने प्रतिश्पर्धी नेत्रपाणी भण्डारीले ६१ मत पाए ।

महासचिवमा कमला गिरि निर्वाचित भईन् । उनले ८७ मत पाउँदा प्रतिश्पर्धी कुलचन्द्र शर्माले ७५ मत पाए । सचिवमा संगीता पौडेल बिजयी भईन् । पौडेलको ८७ मत थियो भने प्रतिश्पर्धी चेतन कार्कीको ७६ मत थियो । कोषाध्यक्षमा राजेश पहारी निर्वाचित भएका छन् । उनले ८४ मत पाउँदा प्रतिश्पर्धी विश्वराज आचार्यले ७४ मत पाए ।

सहकोषाध्यक्षमा निकै कम मतले अधिकारी प्यानलबाट चुनाव लडेका नवराज भण्डारी निर्वाचित भएका छन् । उनले ७८ मत पाए भने स्वतन्त्र समूहका प्रतिश्पर्धी प्र्रदीप काफ्लेले ७४ मत पाएका थिए । सदस्यहरुमा सन्दिप श्रेष्ठ, सुवास पहारी, ताराप्रसाद गौतम स्वतन्त्र समूहबाट निर्वाचित भए भने ब्यवसायी प्यानलबाट खीमबहादुर क्षेत्री र सुशिला सिग्देल निर्वाचित भए ।