नवलपुरमा ट्रक र बस ठोकियो, १६ जना घाईते

पोखरा, असोज ९ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोटमा बिग्रिएर रोकिराखेको ट्रकमा बस ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । लु १ ख ६७५४ नम्बरको ट्रकमा लु २ च ३९६ नम्बरको बस मंगलबार बिहान ३ बजेतिर ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये नवलपरासी सुुनवल नगरपालिका ४ बस्ने २१ वर्षकी पवित्रा कुँवर र पाल्पा आलेभञ्याङ्गका ३५ बर्षका पदम बहादुर कुँवरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।