नवराज सिलवाल ललितपुर १ बाट एमालेका उम्मेदवार

काठमाण्डौं, असोज २३ ।
नेकपा एमालेमा प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा सिफारिश भएका छन् ।
प्राविधिक रूपमा अझै प्रहरी सेवामै रहेका सिलवाललाई एमाले ललितपुर जिल्ला कमिटीले सिफारिस गरेको हो । सिलवाललाई एमाले ललितपुर जिल्ला कमिटीले प्रत्यक्ष उम्मेदवारका रुपमा प्रतिनिधिसभाका लागि सिफारिश गरेको जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताए ।
सिलवाल गत शुक्रबार एमालेमा प्रवेश गरेका थिए ।