नर्भिकले भन्यो–आकस्मिक ह्रदयघाटबाटै प्रकाशको निधन

काठमाडौं, मंसिर ३ ।
नर्भिक अस्पतालले प्रकाश दाहालको निधन भएको घोषणा गरेको छ । आज बिहान घरमै अचेत अवस्थामा भेटिएका प्रकाशलाई ५ बजेर ५० मिनेटमा नर्भिक अस्पताल पुर्याइएको थियो ।
उनको आकस्मिक ह्रदयघाटबाट निधन भएको अस्पतालले सार्वजनिक गरेको छ । अस्पतालमा पुर्याउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालले जनाएको छ ।
प्रकाशको अस्पताल ल्याइर्पुयाउँदै निधन भए पनि उनका बुबा एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल आइपुगेपछि मात्र उनको निधनको औपचारिक घोषणा गरिएको हो ।