नयाँ पार्टीमा बाबुराम र उपेन्द्रमध्ये को ठूलो ? (यस्तो छ बरियता)

काठमाण्डौं, बैशाख २१ ।
भर्खरैमात्र एकता गर्ने निर्णय गरेका नयाँशक्ति नेपाल र संघीय समाजवादी फोरमको झण्डै समानान्तर झैँ लाग्ने दुई केन्द्रीय निकाय गठन गर्ने भएका छन् । नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्व व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको हो ।

भर्खरै सम्पन्न एकता सम्बन्धी निर्णय अनुसार, संघीय परिषदलाई पहिलो प्राथमिकता दिँदै त्यसको नेतृत्व डा भट्टराईलाई दिने निर्णय गरिएको छ । नेपालका सबै मूलधारका पार्टीझैँ नयाँ पार्टीको केन्द्रीय समितिको गठन पनि गरिएको छ, जसको अध्यक्षता हालसम्म फोरमको अध्यक्ष रहेका उपेन्द्र यादवले गर्नेछन् ।

स्रोतका अनुसार, नेतृत्वको पहिलो वरियतामा डा भट्टराईलाई राखिएको छ भने केन्द्रीय समितिको निर्णय उल्ट्याउने अधिकार संघीय परिषदलाई दिइएको छ । नयाँ पार्टी बैशाख २३ गते घोषणा हुनेछ ।