नयाँगल्लीले जित्यो ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स’ को उपाधि

 

पोखरा, कार्तिक ३० ।

ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा सम्पन्न ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को उपाधि आयोजक नयाँगल्लीले जितेको छ ।

पुरानो टुँडिखेलमा शनिबार सम्पन्न फाईनल खेलमा एलजी एशोसियसनलाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै आयोजनकले उपाधि जितेको हो । आयोजकको जितका लागि सन्तोष गुरुङले १ र नरेश केसीले २ गोल गरे । खेल अवधिभर एलजीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्न पर्याे ।

कपको उपाधिसँगै नयाँगल्लीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६६ हजार प्राप्त गर्याे भने उपबिजेता टिम एलजीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद र ४० हजार हात पार्याे ।

प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीको रुपमा नयाँगल्लीका दिलिप गु्रुङ पुरस्कृत बनेसँगै रुपाकोट रिसोर्टमा एक रात निशुल्क खाना तथा आवासको हकदार बने । त्यस्तै सर्बाधिक गोलकर्ताको रुपमा सोही टिमकै ननरेश केसी, उत्कृष्ट मिडफिल्डरका रुपमा आयोजककै झक बहादृुर क्षेत्री, उत्कृष्ट गोलरक्षकको रुपमा सोही टिमकै सुमन गुरुङ घोषित भए भने उत्कृष्ट डिफेण्डरका रुपमा एलजीका सुनिल राना पुरस्कृत बने ।

फाईनल अघि सम्पन्न जुनियर एकेडेमी तर्फ ढिकुरपोखरी एकेडेमीलाई २–० गोलले पराजित गर्र्दै बिष्णुपादुका एकेडेमी हेमजा बिजयी बनेको थियो । दुबै टिमका खेलाडीहरुले मेडल तथा शिल्ड प्राप्त गरे ।

कुल १५ टिमको सहभागितामा गत २५ देखी सञ्चालनमा रहेको उक्त प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई पोखरा महानगरपालिका १ का अध्यक्ष शारदा पराजुली, स्व. देश्ना चन्दका पिता विवेक चन्द र माता ग्रीष्म सिंह चन्द, वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक दिपक थापामगर, चन्द्र गुरुङ तथा ईन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।