नयनतारा कृषि सहकारी संस्थाकोे वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

पोखरा, पुस १।
नयनतारा कृषि सहकारी संस्था लि पोखरा लेखनाथ ८ को नयनतारा कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ।अधिवेशनले नयाँकार्य समिति अध्यक्ष पदमा नृपेश अधिकारी,उपाध्यक्ष अमृतकुमार बराल,सचिव सन्तोष त्रिपाठी,कोषाध्यक्ष विष्णुप्रसाद पहारी,सदस्यहरुमा क्रमश सरोज कुँवर,भुवनप्रसाद काफ्ले,सरिता तिवारी पौडेल,लेखासमिति संयोजक रति त्रिपाठी ढकाल,सदस्य सन्तोष बराल,सोनु तिवारी,सल्लाहकारमा शिव भुजेल जनकराज सुवेदी मोहन पाण्डे सर्वसम्मत निर्वाचित भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ अनुगमन समिति सदस्य सुरेन्द्रमणि पौडेलले पानसमा दीप प्रज्जलन गरेर उद्घाटन गरे। प्रमुख अतिथि पौडेलले कृषिमा लगानी गर्नुपर्ने कुरामा जोड दिए। नवनिर्वाचित अध्यक्ष नृपेश अधिकारीले आगामी दिनमा शेयरपुँजी, निक्षेप संकलन,बृद्धि गर्ने शेयर सदस्यलाई तालिमको आयोजना गर्ने वताए।कार्यक्रमको स्वागत मन्तव्य सदस्य मोहन पाण्डेले,शुभकामना मन्तव्य लेखासमिति संयोजक जनकराज सुवेदी राखेका थिए।कार्यक्रममा सहकारीका सात सिद्धान्त वाचन निर्वतमान कोषाध्यक्ष शिव भुजेलले वाचन गरेकी थिइन्। विश्वराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सरला त्रिपाठी भण्डारीले सञ्चालन गरेकी थिइन्।