नदीपुरमा जारी भलिबलको अन्तिम चारमा आयोजक, सहारा क्लब, पर्बत र मार्बल ईन्टरप्राईजेज

 

पोखरा, असोज ९ ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा जारी तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको अन्तिम चारमा आयोजक रातो, सहारा क्लब बाग्लुङ, पर्बत भलिबल सँघ र मार्बल ईन्टरप्राईजेज प्रबेश गरेको छ ।

छन्त्याल समाजको खेलमैदानमा बिहिबार सम्पन्न पहिलो क्वाटरफाईनल खेलमा आयोजक रातोले २५–२०, २३–२५ र २५–१२ को सेटले भुपु गाईजलाई पराजित अन्तिम चारमा प्रबेश ग¥यो । दोस्रो क्वाटरफाईनल खेलमा सहारा क्लब बाग्लुङले २५–११ र २५–१९ को सोझो सेटले आयोजक पहेलोलाई पाखा लगाउँदै सेफिाईनलको यात्रा तय ग¥यो ।

तेस्रो खेलमा पर्बत भलिबल सँघले २५–२१ र २५–२० को सोझो सेटले छन्त्याल युवा क्लब म्याग्दी चोकलाई हराउँदै अन्तिम चारमा आयोजक रातोसँगको भेट पक्का ग¥यो ।

त्यस्तै अन्तिम क्वाटरफाईनल खेलमा मार्बल ईन्टरप्राईजेज बिरौटाले २५–१४ र २५–२१ को सोझो सेटले पाखा लगाउँदै सेमिफाईनलमा सहारा क्लबको निम्तो पायो ।

प्रतियोगिता संयोजक तथा राष्ट्रिय भलिबल रेफ्री अनिल गुरुङले शुक्रबार महिला तथा भेट्रान्स तर्फको खेल सञ्चालन गरिने बताउदै पुरुषतर्फको सेमिफाईनल खेल शनिबार खेलाईने बताए । उनका अुनसार प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरिनेछ ।

त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ भने महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १३ हजार प्रदान गरिने उनले बताए ।

गुरुङका अनुसार भेट्रान्स तर्फको बिजेता र उपबिजेता बन्ने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित खसी प्राप्त गर्नेछ ।

संयोजक गुरुङले प्रतियोगितामा बिद्यागत रुपमा पुरस्कारको व्यवस्था गरिएको बताउदै प्रतियोगिता अवधिभर विभिद साँस्कृतिक कार्यक्रमहरु समेत समाबेश गरिएको जानकारी दिए ।