नगरपालिकाका दुई कर्मचारी घूससहित पक्राउ

बारा, असार २४ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बाराको पचरौता नगरपालिकाका दुई कर्मचारीलाई मंगलबार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा योजना शाखाका नायव सुब्बा बद्रीबहादुर थापा र इन्जिनियर रामप्रकाश सत्तरा रहेका छन ।

सेवाग्रहीसंग नगद ३५ हजार घुस रकम लिदै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो । नासु थापाले सेवाग्राहीसंग योजनाको भुक्तानी टिप्पणी उठाउन २० हजार र ईन्जिनियर सत्तराले सेवाग्रहीसंग योजना अनुगमनमा हस्ताक्षर गरेवापत १५ हजार रकम लिईरहेको अवस्थामा उनीहरुलाई प्रहरी नायब उपरीक्षक केशव कुमार भट्टराई नेतृत्वको टोलीले उनीहरुलाई रंगहात पक्राउ गरेको थियो । पक्राउ परेका थापा र सत्तराका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।