दोस्रो भिमकालीकपमा आज देखि दोस्रो चरणका खेलहरु

पोखरा, बैशाख २० ।

पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा आज देखि दोस्रो चरणका खेलहरु सञ्चालन हुने भएको छ । बुधबार सम्पन्न भएको पहिलो चरणको ८ खेलबाट फेदि फुटबल क्लब, बि.वाई.सि बसपार्क, समर जुन, लेकसाईड फुटबल क्लब, शुक्ला गण्डकी फुटबल क्लब, टि नाईन स्पोर्टस्, सँगम फुटबल क्लब र घैरी युनाईटेड बिजयी भएको छ । बुधबार सम्पन्न भएको पहिलो खेलमा जे.वाई.सि क्लबलाई २–१गोल अन्तरले हराउदै फेदि फुटबल क्लब अघिल्लो चरणमा प्रबेश ग¥यो ।

दोस्रो खेलमा बि.टि क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै के.बि बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थान बनायो । प्रतियोगिताको तेस्रो खेलमा शान्ति टोललाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै समर जुन बिजयी भयो । त्यसैगरी चौथो खेलमा ७–० को फराकिलो गोल अन्तरले दाउड क्लबलाई लोकसाईड फुटबल क्लबले पाखा लागायो । प्रतियोगिताको पाचौ खेलमा मर्दी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउदै शुक्ला गण्डकी फुटबल क्लब दास्रो चरणको लागी स्थान बनायो । छैटौ खेलमा टि नाईन स्पोर्टस्ले लामा ब्वाईजलाई ६–१ गोल अन्तरले पराजित ग¥यो । टि नाईन स्पोर्टस्को जितमा नरेश केसीले सर्बाधिक ५ गोलको योगदान गरे ।

प्रतियोगिताको सातौ खेलमा सँगम क्लबले भि.वाई.सि क्लबलाई २–१ गोल अन्तरले पाखा लगायो । त्यसैगरी अन्तिम खेलमा ए.वाई.सि लाई१–० गोल अन्तरले घैरी युनाईटेडले पराजित गर्दै दोस्रो चरणमा प्रबेश गरेको खेल संयोजक मनोज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आज देखी दोस्रो चरणका खेलहरु हुनेछन । आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।