दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता हुने 

 

बाग्लुङ, कार्तिक २६ ।

बडिगाड गाउँपालिकाको खार वजारमा दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७६ हुने भएको छ ।

आगामी मंसिर १ देखि ३ गते सम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहने भएको छ । प्रतियोगीतामा ७ वटै प्रदेशको टिम र आयोजक १ गरि ८ टिमको सहभागिता रहने भएको हो ।

प्रतियोगितामा देश भरवाट २१० सय वढी खेलाडी, १६ जना प्रशिक्षक, अन्तर्रा्ष्ट्रिय १८ र राष्ट्रिय ४२ गरि जम्मा ६० जना रेफ्रीको सहभागिता रहने कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिए ।

स्थानीय पौंदी न्वागी मेलाकै अवसरमा बडिगाड डोजोको आयोजना र बडीगाड गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको कार्यक्रममा ३० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि बडिगाड गाउँपालिकाले २२ लाख ५० लाख विनियोजन गरेको छ ।

सो प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्वितीयको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि ३० हजार ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने प्रत्येक सहभागी टिमलाई खान बस्नको व्यवस्थासहित १५ हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

कार्यक्रमको उद्घाटन मंसिर १ गते संघीय सांसद देवेन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ । गत वर्ष विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो तर यस वर्ष विभागिय टोली तेह्रौ सागको छनौट प्रशिक्षणमा विदेशमा रहेकोले सहभागी हुन नसक्ने बताइएको छ । (ईमेजखबरबाट साभार)