‘देशभरका स्थानीय तहमा भाषा, साहित्य र कलाको संरक्षण गर्न माग’

 

काठमाडौं, फागुन १६ ।

साहित्यकारहरुले देशभरका स्थानीय तहमा भाषा, साहित्य र कलाको संरक्षणका लागि प्राज्ञ सभा गठन गर्न माग गरेका छन् ।

गोकर्णेश्वर नगरपालिकाले शुक्रबार काठमाडौंमा गरेको देशव्यापी राष्ट्रिय कवि गोष्ठीका सहभागीहरुले स्थानीय भाषा, साहित्य र कलाको संरक्षण स्थानीय निकायको पहिचान भएकाले त्यसका लागि प्राज्ञ सभा गठन गरिनु पर्ने माग गरेका छन् ।

युवा र प्राज्ञिक वर्ग पलायन हुँदै गएको अवस्थामा उनीहरुको संरक्षण गर्न सकेमात्र मुलुकको पहिचान संरक्षण गर्न सकिनेमा उनीहरुको जोड थियो । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले राजनीतिबाट माथि उठेर आफू भाषा, संस्कृति र कला क्षेत्रको विकासमा लागेको बताए ।

नगरपालिकाले पहिलो पटक साहित्य क्षेत्रको विकासकोलागि कवि गोष्ठि गरेको हो । कवि सम्मेलनमा देशभरबाट छनौट भएका ५० जना भन्दा बढी कविहरुले कविता वाचन गर्नेछन् । सम्मेलन तीनदिनसम्म चल्ने छ ।
(ईमेजखबरबाट साभार)