देउवाको कार्यकाल एक बर्ष थपिने

काठमाण्डौं, असार २९ ।
निर्धारित समयमा केन्द्रीय महाधिवेशन गर्न नसकिने निष्कर्षका साथ काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने तयारीमा जुटेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी फागुन–चैतमै महाधिवेशन गर्न सकिने दाबी गर्दै नेतृत्व कामै नगरी कार्यकाल बढाउन लागेको आरोप लगाएको छ ।

महाधिवेशन, पार्टीका तल्ला तहका संरचना गठन, विभाग केन्द्रीय कार्यसमिति र म्याद सकिएका भातृ संस्थाको अधिवेशन तथा तदर्थ समिति गठन लगायतका विषयमा छलफल गर्न देउवाले आफू निकटको बैठक बोलाएका थिए ।

बैठकले कार्यकाल एक वर्ष लम्ब्याउने र ०७७ फागुनभित्र महाधिवेशन गर्न तयारी थाल्ने निष्कर्ष निकालेएको बैठकपछि एक केन्द्रीय सदस्यले जानकारी दिए । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।