दुलहीको उमेर नपुगेपछि रित्तै फर्किए ३ सय जन्ती

धादिङ, चैत ४ ।
बालिकाको विवाह गर्न लागेको महिला अधिकारकर्मीहरुले प्रहरीमा दिएको सूचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ । १८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । लिंगाचौका गरेर हिजो सबैले साइत गरेका थिए ।

गाउँबासी जम्मा भएका थिए । गजुरी–६, मिलनटार निवासी धु्रव सुवेदीले छोरी बालिका भएपनि विवाह गर्न लागेपछि गाउँका महिलाअधिकारकर्मीहरुले प्रहरीलाई विवाह रोक्न खबर गरेका थिए । घटनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज बेहुली लिन गएपनि आदमघाटबाट टोली फर्किएको थियो ।

कृष्ण अधिकारीले २ वस, र अन्य गाडी रिजर्व गरि ३ सय जन्ती लिएर आउदैं गरेको खवर फोनमा पाई सकेका बेहुलापक्षलाई वैरेनी प्रहरीचौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीले विवाह रोकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरिक्षक जनक बस्नेतले जानाकारी दिए ।

स्थानीय आमा समूहले उमेर नपुगेकोले विवह नगरि दिन वारम्वार मौखिक अनुरोध गरे पनि नमाने पछि विवाह रोकिएको थियो । माईती पक्ष लाई विवाह रोक्न आदेश लिदएको प्रहरीले दुलाहापक्षका जन्ती लाई आदमघाट स्थित शसस्त्र प्रहरी वेसक्याम्पवाटै फर्किएको थियो ।

यसैगरि आफूखुसी बालविवाह गरेको आरोपमा बालविावह गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का १६ वर्षीय बालिाक र १७ वर्षीय बालकबीच विवाह भएकोले जिल्ला प्रहरी कार्यालयका जाहेरी दर्ता भएको हो ।

उनिहरुले फागुन २ गते भागेर विवाह गरेकोले उनिहरु दुबै जना बालक भएका कारण विवाह गर्न नमिल्ने भएकोले बालविवाह रोकेर बालविवाह सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी रुपक खड्काले जानाकारी दिए ।

प्रहरीले बालिकाको स्वास्थ्य परिक्षण जिल्ला अस्पताल धादिङमा गरेको छ । बालिकालाई महिला सुरक्षा घरमा राखिएको छ भने बालकलाई प्रहरीले न्यायिक हिरासतमा लिएको छ ।
पत्रकार सीताराम अधिकारीले न्यूज अफ नेपालका लागि यो खवर लेखेका हुन् ।