दुखद खवर ! पोखरामा ५ बर्षिय बालिकाको हत्या

पोखरा, चैत १२ ।
पोखराको नयाँ बजारमा ५ बर्षिय बालिकाको हत्या भएको छ । न्यूरोड र नयाँबजारको बीच भागमा नयाँ बजार बस्दै आएकी विहानी थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेकोले हत्या नै हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।
आईतबार साँझ घरबाट हराएकी उनी सोमबार विहान मृत भेटिएकी हुन् । स्थानीय ग्यारेजमा काम गर्ने एक बालकले लगेर ढुंगाले हानेको स्थानीयले बताएका छन् । यद्यपी घटनाबारे अनुसन्धान चलिहरेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । मृतक थापाकी बाबु नेपाली सेनाका जागिरे हुन् भने आमा होटल सञ्चालन गरेर बस्दै आएकी छिन् । उनी कान्छी छोरी हुन् ।

घटनाबारे थप विवरण आउन बाँकी ।