दुखद खवर-नगरबसले ठक्कर दिँदा पोखरामा एकजनाको मृत्यु

पोखरा, माघ २२ ।
पोखराको बगरमा नगरबसले पैदलयात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ बर्षिय बोधराज ढकालको मृत्यु भएको हो । हिडिरहेको अवस्थामा पछाडीबाट नगरबसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिएपछि फरार नगरबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ग १ ख ३८३६ नम्बरको गाडी प्रहरीले नियन्त्रण गरेर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । अस्पताल पुर्याएपछि मृत्यु भएको समाचार छ ।