दुई वर्षसम्म कांग्रेसका ४२ वटै विभाग रित्तै !

काठमाण्डौं, भदौ ४ ।
कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग गठन भइसक्नुपर्छ । तर, १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिएको साढे दुई वर्षसम्म पार्टीका ४२ वटै विभाग रिक्त छन् । पार्टीलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विभाग र समिति निष्क्रिय छन् ।

विभाग नबन्दा पार्टीका केन्द्रीय सदस्यसमेत जिम्मेवारीविहीन जस्ता छन् । विभागका संयोजक केन्द्रीय सदस्य हुने व्यवस्था छ । एउटा विभागमा २१ सदस्य हुन्छन् । सबै विभाग र समितिलाई पूर्ण गराउँदा ९ सय जना मनोनीत हुन्छन् । ती मनोनयन नहुँदा एकातिर नेता तथा कार्यकर्ता दायित्वविहीन बनेका र अर्कोतिर संगठन तदर्थवादमा अघि बढेको नेताहरू बताउँछन् ।

साढे दुई वर्ष बित्दा पनि विभाग र समिति किन सक्रिय हुन सकेनन् त ? यसको मुख्य कारण सभापति देउवाको कार्यशैली र पार्टीभित्रको आन्तरिक विभाजनलाई मान्ने गरिएको छ । सभापति चुनिएदेखि नै देउवा पार्टी संगठनभन्दा बढी सत्ता राजनीतिमा केन्द्रित भए ।

एउटा विभागमा २१ सदस्य हुन्छन् । सबै विभाग र समितिलाई पूर्ण गराउँदा ९ सय जना मनोनीत हुन्छन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।