दिदीबहिनीको हत्या आरोपमा दुई बालिका पक्राउ

रुकुम, चैत २७ ।
रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका ३ रन्मामा एकै घरका दुई दिदीबहिनीको हत्या आरोपमा दुई बालिका पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीको हत्यामा संलग्न दुई बालिका रहेको खुलेको प्रहरीले जनाएको छ ।

चैत २१ गते सिस्नो टिप्न गएका १० वर्षीया रिना र ८ वर्षीय कालीमाया बुढा भोलिपल्ट बिहान सोही स्थानमा मृत भेटिएका थिए । अनुसन्धान गर्दै जाँदा सुनका लागि दुई बालिकाले उनीहरुको हत्या गरेको पुष्टी भएको हो ।

दुवैजनालाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको रुकुम प्रहरीले जनाएको छ ।