दाङमा चट्याङ लागेर तीनजनाको मृत्यु
दाङ, माघ २५ ।
दाङमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–७, नवलपुर निवासी गीता चौधरीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षीया छोरी सृष्टि चौधरी र स्थानीय ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका दुवैजनाको उपचारका क्रममा राप्ती लाइफकेयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको हो ।
चट्याङले घरमा पनि क्षति र्पुयाएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, घोराही उपमहानगरपालिका–११, हापुरका सूर्यबहादुर पुरीका ८ वर्षीय छोरा ताराबहादुर पुरीको चट्याङ लागेर मृत्यु भएको छ ।
घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेका उनको अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
(ईमेजखबरबाट साभार)