’दशैं लगत्तै मन्त्रिमण्डल हेरेफेर’

काठमाण्डौं, कार्तिक १
काठमाडौं( सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने बताएका छन् । बस्नेतलले प्रधानमन्त्रीको सचिवालय पनि पूनर्गठन हुने दाबी गरेका छन् ।

उनले भने, दशैं लगत्तै मन्त्रीमण्डलमा हेरेफेर र प्रधानमन्त्रीको सचिवालयमा हेरफेर हुन्छ ।’ बुधबार राजधानीमा आयोजित एक साक्षात्कारमा नेता बस्नेतले दशैं लगत्तै सरकारले केही लोकप्रिय कार्यक्रम ल्याउँने बताउँदै भने,‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपीशर्मा ओली सफल हुनुभएको छ र, आगामी दिनमापनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दै हुनुहुन्छ ।’

उनले वर्तमानप्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारसँग जनताअहिले खुशी रहेको विश्वास दिलाए । उनले भने,‘सरकारको परफर्मेन्सबाट जनताखुशी छन् ।’ प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको भन्दै नेता बस्नेतले सीके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’का गतिविधिहरु एकदमै गलत रहेको बताए । उनले भने,‘उनीहरुको गतिविधि एकदमै गलत छन् । र, कतिपय नेताहरुले उनीहरुलाई समर्थन गरेकोबारे समिक्षागर्नुपर्छ ।’

२ नम्बर प्रदेश र संघीय सरकारबीच बढेको असमझदारी विस्तारै घट्दै जाने बस्नेतको भनाइ छ । फरक प्रसँगमा नेकपाका नेता बस्नेतले पार्टीको सांगठनिक अवस्था अहिले कमजोर भैरहेको स्वीकार गरे । ‘त्यसैको लागि प्रधानमन्त्रीले नेता तथा कार्यकर्ताहरुलाई संगठित हुनुपर्छ भन्नुभएको छ । प्रधानमन्त्रीले अरिंगाल बन्नुपर्छ भन्नुभएको पनि यही सेन्समा हो । यसलाई बंग्याएर बुझ्नुहुँदैन् ’ नेता बस्नेतले भने ।