दशैंमा पानी नपर्ने

एजेन्सी, असोज १० ।
दशैंभर पानी नपर्ने जल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एक साता देखि मनसुन प्रणाली कमजोर भएसँगै पानी नपर्ने स्थिति रहेको महाशाखाका मौसमविद राजु प्रथानङगले बताए ।
सामान्यतय असोज ७ देखि मनसुन नेपालबाट बाहिरिने समय भए पनि यस बर्ष चाहि केही लम्बियो । जेठ २७ मा नेपाल प्रवेश गर्ने मनसुन यस बर्ष दुई दिन ढिला भएको थियो । पश्चिमबाट भित्रने मनसुन क्रमसः पुर्वबाट बाहिरिने गर्छ ।
मनसुन कम्जोर भएपनि देशका हिमाली भेगमा सामान्य वदली हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।