दक्षिण कोरियामा छक्का पञ्जा ३

पोखरा, कार्तिक २८ ।
सर्बाधिक रुचाईएको नेपाली चलचित्र छक्का पञ्जा ३ दक्षिण कोरियामा पनि देखाईने भएको छ । नेपाल गोरखा परिवार, दक्षिण कोरियाले नोभेम्बर २५ तारिखमा आन्सान र डिसेम्बर २ तारिखमा दुङ्देमुन सहर मा चलचित्रको प्रदर्शन गर्न लागेको हो ।

सो दिन नेपालीहरुको अत्यन्तै जमघट हुने स्थान आन्सान र दोङ्देमुन सहरमा सो चलचित्र प्रदर्शन गराउन लागिएको संस्थाका अध्यक्ष नवराज गुरुङले जानकारी दिए ।

कामको सिलसिलामा कोरियाका विभिन्न शहरमा बसिरहेका र अप्ठेरोमा परेका नेपालीलाई उद्धार तथा तत्काल सहयोग गर्न आपतकालिन राहत कोष स्थापनाका लागि चलचित्र प्रदर्शन गर्न लागिएको उनी बताउँछन् ।

छक्का पञ्जा ३ को प्रदर्शनीले प्रवासमा रहेर पनि नेपाली चलचित्र, मौलिकता, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा टेवा पुग्ने उनको विश्वास छ ।

यस्तै, नेपाल गोरखा परिबार ले किम्हे बुसान मा नेपाल मगर संघ किम्हे शाखासँगको सहकार्यमा डिसेम्बर ९ तारिखको दिन चलचित्र प्रदर्शन गर्दै छ ।