दक्षिण एसियाली खेलकुदको तालिका सार्वजनिक, नेपाल सबै खेलमा सहभागी हुने

 

काठमाडौं, कार्तिक २० ।

यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ ।

पछिल्लो तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ ।

बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउँदा भारतले यसपटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ ।

नेपालले पदकको आशा गरेको कराँते, तेक्वान्दो लगायत कबड्डी, आर्चरी, गल्फ, टेबल टेनिस, लनटेनिस, क्रित्रेट जस्ता खेलहरुबाट भारतले हात झिकेको हो ।

सागमा पाकिस्तानले १८ र भुटानले १४ खेलमा सहभागिता जनाउने भएका छन् । माल्दिभ्सले सबैभन्दा कम ११ खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ ।

यसैबिच नेपालले पदकको आशा गरेको पाराग्लाईडिङ खेल सागमा नहुने संभावना बढेको छ ।

सागमा कुनैपनि खेल समावेश गर्न कम्तिमा चार देशले सहभागिता जनाउनुपर्ने भएकोले पाराग्लाईडिङ नहुने संभावना बढेको हो ।

पाराग्लाईडिङमा हालसम्म नेपालले मात्रै नाम दर्ता गराएको छ । यसैगरी ट्रायथ्लन खेल पनि नहुने संभावना बढेको छ । (ईमेजखबरबाट साभार)