दक्षिण एशियाको आर्थिक बृद्धिदर खुम्चिने विश्व बैंकको प्रक्षेपण

 

काठमाडौं, असोज २७ ।

सन् २०१९ मा दक्षिण एशियाको आर्थिक बृद्धिदर खुम्चिने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

यो बर्ष यस क्षेत्रको आर्थिक बृद्धि ५ दशमलब ९ प्रतिशतमा सिमित हुने बैंकको पछिल्लो अर्धबार्षिक प्रतिवेदनले औंल्याएको हो ।

यही बर्षको अप्रिलमा गरिएको प्रक्षेपण भन्दा १ दशमलब १ प्रतिशत विन्दुले आर्थिक बृद्धि घट्ने देखिएको बैंकले जनाएको हो ।

बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको सार अनुसार २०२० मा भने यस क्षेत्रको औसत आर्थिक बृद्धिमा केही सुधार आएर ६ दशमलब ३ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

विश्व बैंकले आगामी दुई बर्ष नेपालको औसत आर्थिक बृद्धिदर साढें ६ प्रतिशत बराबर पुग्ने प्रक्षेपण गरेको छ ।

पर्यटक आगमनमा सुधार र सार्वजनिक खर्च परिचालनमा बृद्धि हुँदा सेवा र निर्माण कार्य बढ्न गै नेपालको आगामी दुई बर्षको आर्थिक बृद्धि दर साढें ६ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण हो ।

यो बर्ष सन् २०१९ मा भने नेपालको आर्थिक बृद्धि ७ दशलमब १ प्रतिशत पुग्ने बैंकले जनाएको छ ।

यो बर्ष दक्षिण एशियाली मुलुक मध्ये बंगलादेशको आर्थिक बृद्धि सबैभन्दा उच्च ८ दशलमब १ प्रतिशत रहने बैंकको अनुमान छ ।

यसपछि उच्च आर्थिक बृद्धिका हिसाबले नेपाल दोश्रो स्थानमा रहेको हो । नेपाल सरकारले चालु आर्थिक बर्ष साढें ८ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य लिएको छ ।
(ईमेजखबरबाट साभार)