थाई एयरवेजको रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रम

१६ साउन, काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिले रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रमको आयोजना गरेको छ ।

दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर कार्यक्रमलाई हरेक वर्ष आयोजना गर्दै आएको छ ।

थाई राजदूत भकावत तान्स्कुल प्रमुख अथिति रहेको कार्यक्रममा चम्पुनत तान्स्कुलले साथ दिइन् । कार्यक्रममा १२० जनाभन्दा बढीले रेड क्रस सोसाइटीका लागि रक्तदान गरेका थिए ।

अधिकतम् संख्यामा उपस्थित सहभागीहरुलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका दक्ष तथा अनुभवी टोलीद्वारा सामान्य स्वास्थ्य र कार्डियो हेल्थ चेक-अप गरिएको थियो ।

त्यहाँ उपस्थित व्यक्तित्व तथा रक्तदान गर्नेहरुमा ट्राभल एजेन्ट, जनमानस, शुभ-चिन्तकका साथै थाई एयरवेजका परिवारहरुको समेत सहभागिता रहेको थियो ।

सहभागी व्यक्तित्वहरुलाई खानपिनको व्यवस्थाका साथै मायाको चीनो प्रदान गरिएको थियो । थाई एयरवेजले यस कार्यक्रमलाई हरेक वर्ष जुलाई ३१ का दिन निरन्तरता दिने  जनाएको छ।