तिन जना युवा व्यवसायीको संयुक्त लगानीमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालनमा

पोखरा, साउन १३ ।

पोखराका तिन जना व्यवसायीहरुको संयुक्त लगानीमा पोखराको छोरेपाटनमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालनमा आएको छ । पोखराका युवा व्यवसायीहरु राम बराल, राजु सुनार र बालकृष्ण धिमिरेको संयुक्त लगानीमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालनमा आएको हो ।

फेसनको शुभारम्भ कार्यक्रममा बोल्दै कपडा व्यवसायी एशोयिसन कास्कीका उपाध्यक्ष एंव लायन्स क्लव अफ पोखरा राईजिङ् स्टारका अध्यक्ष लेखनाथ पौडेलले सेवाको गुणस्तर र बजारीकरणमा जोड दिए । पोखराको पर्यटकिय स्थल गुप्तेश्वर गुफा र डेभिड फल्सको नजिकै रहेको उक्त फेसनले ग्रहाकहरुको मन जित्नेमा उनी विश्वस्त रहेका छन् ।

यस्तै कपडा व्यवसायी एशोसियसन कास्कीका सदस्य एंव लायन्स क्लव अफ पोखरा राईजिङ स्टारका प्रथम उपाध्यक्ष चोक बहादुर गुरुङले व्यवसायमा अनुभवी तिनै जनाले त्यसको सफल प्रयोगमा जोड दिनुपर्ने बताए । युवाहरु विदेश जाने क्रम बढिरहेका बेला स्वदेस मै लामो समयदेखी व्यवसाय गरि थप विस्तार गर्न सफल भएकामा उनले शुभकामना समेत दिएका छन् ।

तिन जना युवा व्यवसायीहरु मध्ये राम बरालको छोरेपाटन मै बराल बस्त्रालय, राजु सुनारको एस एण्ड एस फेसन कलेक्सन विरौटा र बाकृष्ण घिमिरेको ओउ फेसन कलेक्सन रत्नचोकमा संचालनमा रहेको छ ।

झण्डै १५ लाखको लागतमा सयुंक्त रुपमा संचालन गरिएको बराल बस्त्रालय एण्ड नारी फेसनमा लेडिज आईटमहरु उपलब्ध हुने उनिहरुले जनाएका छन् ।