तास खेल्दै गर्दा ४ जना पोखराबाट पक्राउ

पोखरा, असोज १७ ।
तास खेलिरहेको अवस्थामा कास्की प्रहरीले पोखराबाट ४ जना पक्राउ गरेको छ । पोखरा ३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

तास खेलिरहेकै अवस्थामा स्थानीय २६ बर्षका सुमन रानामगर, ३१ बर्षका विकास नेपाली, २४ बर्षका संगम रानामगर ४६ बर्षका कोहरी थापामगर पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ४२ हजार नगद र ४ बुक तास बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई जुवातास मुद्धामा म्याद थप गरी कारबाही थालिएको कास्की प्रहरी प्रबक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।