तरुण दल कास्कीका सदस्य पहारीलाई मातृशोक

पोखरा, कार्तिक ५ ।
नेपाल तरुण दल कास्कीका सदस्य सदस्य तथा खहरे टोल विकास संस्थाका अध्यक्ष खिमलाल पहारीलाई मातृशोक परेको छ । उनकी आमा डिलकुमारी पहारीको ८७ औं बर्षको उमेरमा सोमबार विहान निधन भएको हो । लामो समयदेखि दमको रोगले थलिएकी डिलकुमारीको आफ्नै घरमा निधन भएको परिवार श्रोतले बताएको छ ।

पहारीको निधनप्रति नेपाल तरुण दल कास्कीले शोक ब्यक्त गरेको छ । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले विज्ञप्ती जारी गरि पहारीको निधनले नेपाली काँग्रेसलाई अपुरणीय क्षति भएको भन्दै दुख ब्यक्त गरे । विज्ञप्तीमा शोक सन्तब्त परिवारप्रति समवेदना ब्यक्त गरिएको छ ।