तरकारीवाली अभिनित ‘लम्फू’ टोली पोखरामा, कुसुम श्रेष्ठको दुरुपयोग भएको छैन् ः निर्माता घोरासैनी

पोखरा, वैशाख २० ।

देशदौहामा रहेको ‘लम्फू’ को फिल्म यूनिट पोखरा आएको छ । तरकालीवाली अभिनित फिल्मको प्रचारको लागि लम्फू यूनिट पोखरा आएको हो । फिल्ममा तरकालीवाली कुसुम श्रेष्ठको दुरुपयोग नभएको फिल्मका निर्माता शक्तिवल्भव घोरासैनीले दाबी गरे । उनले कुसुमको चलचित्रमा छोटो, मिठो र सम्झनलायक अभिनय रहेको दाबी गरे । निर्देशक गोपालचन्द्र लामिछानेले युवाहरुको कथा बोल्ने फिल्म ‘लम्फू’ दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।

चलचित्रमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ । साथै नव—नायक कबिर खड्कालाई विशेष फोकस गरिएको छ । ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्ने बताईएको छ । ‘लम्फू’लाई शक्ति बल्दभ घोरासैनीले निर्माण गरेका हुन् । फिल्ममा भूपतिको लेखन रहेको छ । यो फिल्म बैशाख २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।