तनहूँमा जीप पल्टिँदा ७ घाईते

पोखरा, असोज २९ ।
तनहूँको भीमाद नगरपालिका ५ राते पहरामा जीप पल्टिँदा ७ जना घाइते भएका छन् । किहुँबाट भीमाद आउँदै गरेको ग २ च ८६८७ नम्बरको जीप बाटो छोडेर भीरतिर पल्टेको हो ।

घाईतेहरुको पहिचान हुन सकेको छैन । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।