तनहुँ कांग्रेसमा उम्मेदवार हानथाप, १०७ को नाम सिफारिस

तनहुँ, असोज १८ ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि नेपाली कांग्रेसले उमेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । कांग्रेसले १ सय ७ जना उमेदवार आकाक्षीको नाम केन्द्रमा पठाएको हो । प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ प्रत्यक्ष तर्फ वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्यद्धय शंकर भण्डारी, गोविन्द भट्टराई, पुर्व सहमहामन्त्री गोविन्दराज जोशी, सांसद रामचन्द्र पोख्रेल र महिला संघ तनहुँकी पुर्व अध्यक्ष शशी आचार्य छन् ।
त्यस्तै संघीय समानुपातिक तर्फ पुर्व केन्द्रिय सदस्य अमरराज कैनी, जिल्ला कोषाध्यक्ष रेशम गुरुङ, महाधिवेशन प्रतिनिधि चिनु पोख्रेल, पुर्व महासमिती सदस्य तेज बहादुर पन्त, शिक्षक संघको पुर्ब अध्यक्ष रमेशचन्द्र हड्खले छन् ।
संघीय निर्वाचनको क्षेत्र नम्बर २ प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य प्रदिप पौडेल, नेपाली कांग्रेस संसदीय दलका सचिब धुर्ब वाग्ले, जिल्ला उपसभापती जित प्रकाश आले, महासमिती सदस्य पुष्प पराजुली, नेपाल महिला संघ तनहुँकी उपसभापति चन्द्रकला भट्टराई रहेका छन् । यस्तै समानुपातिक तर्फ महासमिती सदस्य यदुनाथ खनाल, महाधिवेशन प्रतिनिधि शक्ति हिराचन, जिल्ला पुर्ब सचिव नारायण प्रसाद सिग्देल, जिल्ला पुर्व प्रबक्ता हरि प्रसाद उपाध्याय वाग्ले, तरुण दलका अध्यक्ष वीर बहादुर थापा र तारा अधिकारी लम्सालको नाम सिफारिस भएको छ ।
तनहुँमा यसअघि तीन निर्वाचन क्षेत्र रहेकोमा निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि चार क्षेत्र कायम गरेको छ ।