तनहुँमा दुर्घटना, पोखराका युवकको मृत्यु

तनहूँ, माघ १० ।
तनहुँको ब्यास नगरपालिका १२ घासिकुवामा ट्रकमा मोटरसाईकल ठक्कर ठोक्किदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कास्कीको पोखरा लेखनाथ महानगरपालिका–६ बस्ने ३० वर्षिय बिबेक अधिकारी छन् । दुर्घटनामा परि गम्भिर घाईते भएका अधिकारीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार दिउँसो साढे १२ बजे दमौलिबाट डुम्रेतर्फ जाँदै गरेको ग १० प ३९०१ नम्बरको मोटरसाईकल सोहि दिशातर्फ जाँदै गरेको ग १ ख ४५८० नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय तनहँुले नियन्त्रणमा लिएको छ ।