ढिकुरपोखरीमा तीजमेला हुँदै

 

हेमजा, साउन १३ ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ढिकुरपोखरीमा तीजमेला हुने भएको छ । स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा यही भदौं १३ गतेदेखि १७ गतेसम्म तीजमेला हुने भएको हो ।

मेला अन्र्तगत तीजगीत प्रतियोगिता, ११ ए साइड खुल्ला नकआउट फुटवल प्रतियोगिता, घैटो फुटाउने तथा रस्साकसी लगायतका कार्यक्रमहरु गरिने संजालले जनाएको छ । संजालका पदाधिकारी तथा सरोकारवालाको शनिवार बसेको भेलाले मेला सम्पन्न गर्ने निर्णय गरेको हो ।

भेलाले विकास गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।जसको सचिवमा दिलबहादुर जिसी तथा कोषाध्यक्षमा राजकुमार गुरुङ रहेका छन् ।

त्यस्तै विभिन्न उपसमिति पनि निर्माण गरिएको छ ।जसअनुसार अर्थसंकलन समिति संयोजकमा राजकुमार गुरुङ, खेल समिति संयोजकमा नविन गुरुङ, प्रचारप्रसार समिति संयोजकमा श्रीभद्र पौडेल, सदस्यमा ईश्वर पौडेल, अतिथी सत्कार उपसमिति संयोजकमा युवराज गुरुङ, सदस्यमा केशवकुमार विजुक्छे रहेका छन् ।

त्यस्तै उक्त भेलाले स्वयम्सेवक परिचालन संयोजकमा सन्तोष गौचन तथा सदस्यमा राजेन्द्र गुरुङ र उद्घिम गुरुङ, खेलमैदान व्यवस्थापन उपसमिति संयोजकमा त्रिलोचन पौडेल, सदस्यमा मोहन गुरुङ साथै छपाई उपसमिति संयोजकमा दिलबहादुर जिसी र सदस्यमा केशव पौडेललाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । आवश्यक अन्य सदस्य तथा उपसमितिहरु थप गर्न सकिने जनाइएको छ ।

भेलाले मेलाको आय–व्यय मेला सम्पन्न भएको बढीमा ३ महिनाभित्र सार्वजनिक गर्ने तथा सोही अवसरमा संजालको पुर्नगठन गर्ने निर्णय पनि गरेको छ । संजालका अध्यक्ष सुशिल भट्टचनको अध्यक्षतामा भएको उक्त भेलाको संचालन विष्णुहरी भुगाईले गरेका थिए ।