‘ड्रिम गर्ल’ असोज १९ प्रदर्शनमा आउने

पोखरा, वैशाख २३ ।

नेपाली कथानक चलचित्र ‘ड्रिम गर्ल’ असोज १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्र असोज १९ गतेबाट देशभर प्रदर्शनमा आउने आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

‘म त तिम्रै हुँ’ फिल्मबाट नेपाली रजतपटमा भित्रिएका नायक आकाश श्रेष्ठले आश्मा गिरीसँग स्क्रिन शेयर गर्दै छन् । भारतीय फिल्म निर्माण कम्पनी रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा आर. बि. मुभिको ब्यानरमा निर्माण भएको ‘ड्रिम गर्ल’ लाई ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ फेम निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेका छन् । रामेश्वर धिताल, अर्जुन शर्मा र ऋषिराज आचार्य फिल्मका निर्माता हुन् ।

छायाकंन सम्पन्न भैसकेको फिल्ममा आकाश र आश्माका अलावा सरोज खनाल, विल्सन विक्रम राई, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई रारा, थाईलयाण्ड र काठमाण्डौँ उपत्यका आसपासमा खिचिएको हो । प्रेम आधारित फिल्मको ट्रेलर र गीत जेठ दोस्रो हप्ता सार्वजनिक गरिने निर्माता रामेश्वर धितालले जानकारी दिए । उनका अनुसार फिल्मको लागत साढे २ करोड रहेको छ ।